रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरीका सई हेडक्वाटर तानिए
मेरोन्यूज
२०८२ असार २० गते १५:४६

काठमाडौं। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् ।
रास्वपाले लामिछानेमाथि प्रतिशोध भएको भन्दै देशैभरी हाल हस्ताक्षर अभियान चलाएको छ। सइ खड्काले पनि केही दिनअघि नेपालगञ्जमा हस्ताक्षर गरेका थिए। बर्दी लगाएर ड्युटी खटिएको अवस्थामै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो।
सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।
सम्बन्धित









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया