एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधनमा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।
रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन् जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्।
एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन्। यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्ने कम्पनीले जनाएको छ। आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ।
यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ।













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया