सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

धरान (सुनसरी), २० असार । सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ ।
सशस्त्र प्रहरीले सीमा सुरक्षा सुदृढीकरणलाई दीर्घकालीन प्राथमिकताका रूपमा लिँदै सीमावासीहरूसँग सहकार्य र समन्वय मजबुत बनाउने घोषणा गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले आज ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अन्तक्र्रिया गरेको थियो । सो अन्तक्र्रियामा सीमा अपराध नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गर्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले बताए ।
अन्तरक्रियामा भारतसँग सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका ६६ वटा सीमावर्ती वडाका जनप्रतिनिधिको सहभागिता थियो । सीमा क्षेत्रमा फैलँदै गएको लागुऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करीलगायतका सीमापार अपराधहरू नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए । उनले सीमामा सुरक्षाको चुनौती बढेसँगै सीमा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले हाल बन्द छोटी भन्सारहरू पुनः सञ्चालन गर्न, नयाँ छोटी भन्सारहरू स्थापना गर्न र सीमामा महिला सशस्त्र प्रहरी कर्मचारीहरूको सङ्ख्या वृद्धि गर्न माग गरेका छन् । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा महिला प्रहरीको उपस्थिति प्रभावकारी हुने उनीहरूको भनाइ छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया