संवैधानिक परिषद्काे बैठक रोक्न माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार एक वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग माग गरेका हुन् ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै प्रचण्डले अहिले त्यस्तै मनसायले बोलाएको बैठक स्थगित गर्न माग गरेका छन् ।
‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ प्रचण्डले वक्तव्यमार्फत भनेका छन् ।
प्रधानमन्त्री ओलीले भोलिका लागि संवैधानिक परिषद्को बैठक आह्रवान गरेका छन् । परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
तर उपसभामुख रिक्त छ । विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठकमा नजाने निर्णय गरिसकेका छन् । देउवाले त अझ वक्तव्य नै जारी गरेर अन्य सदस्यलाई पनि बैठकमा नजान आग्रह गरेका छन् ।
प्रचण्डले पनि यस्तो बेला बैठक राख्नुको अर्थ नहुने भन्दै स्थगित गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले उपस्थित सदस्यको बहुमतले संवैधानिक निकायमा नियुक्ति सिफारिसको निर्णय लिन सक्ने गरी अध्यादेश ल्याएर परिषद्को बैठक बाेलाएका हुन् । अहिले लाकेसेवा आयोगका सबै पदाधिकारी, अख्तियार दुरुपयोग आयोग, निर्वाचन आयोग र समावेशी आयोग लगायतमा पद रिक्त छ ।
रिक्त पदमा ओलीले नियुक्तिको सिफारिस गर्न बैठकमा उपस्थित सदस्यकाे बहुमतले निर्णय लिन सक्ने गरी अध्यादेश ल्याएको र बैठक बोलाएको विपक्षी पार्टीहरुको आरोप छ ।
















विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया