मंगलबार, पुष १५, २०८२

पक्राउ परेको एक सातामै छुटे ठेकेदार भेटवाल

मेरोन्यूज २०८२ असार २२ गते १५:३५

काठमाडौं । चेक बाउन्सको कसुरमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् ।

असार १३ गते पक्राउ परेका भेटवाल अदालतले थुनामा राखेर अनुसन्धान गर्न थप म्याद नदिएपछि असार १९ गते थुनामुक्त भएका हुन् ।

उनीमाथि अनुसन्धान गर्न पहिलोपटक काठमाडौं जिल्ला अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको थियो । तर, दोस्रोपटक प्रहरीलाई म्याद नदिएपनि उनी थुनामुक्त भएका हुन् ।

प्रतिक्रिया