पार्टीबाट आफ्ना गुटका नेता निकालिएपछि शेखरले बोलाए बैठक
मेरोन्यूज
२०८२ असार २५ गते २०:४७

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेताहरुलाई बैठक आभ्वान गरेका छन्। पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले बिहीबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक उनकै सम्पर्क कार्यालय विशालनगरमा बस्नेछ।
बैठकमा अनुशासन समितिको कारबाहीको विषयमा कुरा हुने जनाइएकाे छ ।
अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ।
लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्। यीबाहेक कारबाहीमा परेका अधिकांश नेताहरू
शेखर समूहकै रहेको उनीहरूको दाबी छ।
सम्बन्धित
















सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया