खेलाडी र प्रशिक्षक सम्मानित
मेरोन्यूज
२०८२ असार २६ गते १९:१८

घोराही। जिल्ला क्रिकेट सङ्घले एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई घोराहीमा सम्मानित गरेको छ ।
विजेता टोलीका महत्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही उपमहानगरपालिका–१३ का क्षेत्रीलाई घोराहीमा आज आयोजित कार्यक्रममा सम्मान गरेको हो । त्यसअघि दुवैजना सम्मिलित विजयी र्याली निकालिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीलाई सम्मान आवश्यक रहेको बताए । जिल्लामा खेलाडी उत्पादनको राम्रो सम्भावना रहेको सङ्घका जिल्ला अध्यक्ष प्रदिप मजगैयाले बताए ।
सम्बन्धित


















नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया