इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास

एजेन्सी । गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास) ले बताएको छ।
हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ । दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् र संयुक्त राज्य अमेरिकाले आगामी दिनमा ६० दिनको युद्धविराम हुनेमा आशावादी रहेको बताएको छ ।
गाजामा सहायताको स्वतन्त्र प्रवाह र इजरायली सैन्य गतिविधिको अन्त्य हुनुपर्ने र यो नै स्थायी शान्तिको लागि ‘वास्तविक सुनिश्चतता’ को लागि आफ्नो मागको रहेको हमासले बताएको छ ।
हमासका वरिष्ठ अधिकारी बासेम नइमले बिहीबार एएफपीसँग भने, ‘हामी हाम्रो भूमिमाथिको कब्जालाई निरन्तरता दिने र इजरायलको नियन्त्रणमा रहेका एकान्त इलाकाहरूमा हाम्रा मानिसहरूले आत्मसमर्पण गरेको स्वीकार गर्न सक्दैनौँ ।’
‘दोहामा जारी वार्ताको वर्तमान चरणमा वार्ता टोलीले अहिलेसम्म यही कुरा प्रस्तुत गरिरहेको छ,’ उनले भने ।
हमासले इजिप्टको सिमानामा रहेको राफा र दक्षिणी शहर र खान युनिसको बीचमा रहेको तथाकथित मोराग करिडोरमा इजरायलको नियन्त्रणको विरोध गरेको उनले बताए । नइमले अमेरिका र इजरायलसमर्थित समूहले हाल प्रदान गर्दै आएको सहायताको अन्त्य गर्न चाहेको पनि बताएका छन् ।
बिहीबार मध्य गाजाको देइर अल–बलाहस्थित एक मेडिकल प्वाइन्टमा इजरायली आक्रमणमा परी आठ बालबालिकासहित १७ जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।










नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया