प्रधानमन्त्रीको आग्रह : २० वर्षमा बिहे गर्नू, ३० नकट्दै तीन सन्तान पाइसक्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्।
विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्ष पुग्दा तीन वटा बच्चा पाउन पनि सुझाव दिए।
‘जति बेला प्रजनन क्षमता बढी हुन्छ त्यतिबेला बच्चाबच्ची जन्माउनुपर्छ, त्यसपछि ढुक्कले काम गर्न पाइन्छ, छोराछोरी बेलैमा हुर्कन्छन्। उनीहरूको पनि उन्नती प्रगति देख्न पाइन्छ।’ ओलीले भने, ‘ नातिनातिना, पनाति पनातिनी खेलाउने रहर पनि पूरा हुन्छ। कान्छा कान्छी जन्मिँदा त जेठाजेठी हुर्किसक्छन् नि!’
अहिलेको समयमा काममा व्यस्त बाबुआमाले पनि बच्चाबच्ची हेरविचारको चिन्ता गर्नुपर्ने अवस्था नभएकाले सन्तान उत्पादनको कुरालाई हावामा नउडाउन आग्रह गरे।
‘अहिले आफ्नो करियरका लागि मान्छे सन्तान नै नजन्माउने अवस्थामा पुगिसक्यो । बाबुआमा कमाउने भए पनि के को पिर छ र !’ ओलीले भने ‘कोक्राँ सुताउने स्कुल छन् त हिजोआज । बामे सराउने,उल्टाउने पल्टाउने, धुलो खेलाउने स्कुल छँदैछन् त हेरविचार गर्नलाई।’
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया