प्रधानमन्त्रीको आग्रह : २० वर्षमा बिहे गर्नू, ३० नकट्दै तीन सन्तान पाइसक्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्।
विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्ष पुग्दा तीन वटा बच्चा पाउन पनि सुझाव दिए।
‘जति बेला प्रजनन क्षमता बढी हुन्छ त्यतिबेला बच्चाबच्ची जन्माउनुपर्छ, त्यसपछि ढुक्कले काम गर्न पाइन्छ, छोराछोरी बेलैमा हुर्कन्छन्। उनीहरूको पनि उन्नती प्रगति देख्न पाइन्छ।’ ओलीले भने, ‘ नातिनातिना, पनाति पनातिनी खेलाउने रहर पनि पूरा हुन्छ। कान्छा कान्छी जन्मिँदा त जेठाजेठी हुर्किसक्छन् नि!’
अहिलेको समयमा काममा व्यस्त बाबुआमाले पनि बच्चाबच्ची हेरविचारको चिन्ता गर्नुपर्ने अवस्था नभएकाले सन्तान उत्पादनको कुरालाई हावामा नउडाउन आग्रह गरे।
‘अहिले आफ्नो करियरका लागि मान्छे सन्तान नै नजन्माउने अवस्थामा पुगिसक्यो । बाबुआमा कमाउने भए पनि के को पिर छ र !’ ओलीले भने ‘कोक्राँ सुताउने स्कुल छन् त हिजोआज । बामे सराउने,उल्टाउने पल्टाउने, धुलो खेलाउने स्कुल छँदैछन् त हेरविचार गर्नलाई।’
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया