एयर इन्डिया विमान दुर्घटनाअगाडि ककपिटमा दुई पाइलटबीच के कुरा भएको थियो ?

काठमाडौं । अहमदाबादमा भएको प्लेन दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजानिक गरिएको छ। एयरक्राफ्ट एक्सीडेन्ट इन्वेस्टिगेशन ब्यूरो (एएआइबी) ले १२ जुलाइमा १५ पृष्ठको रिपोर्ट सार्वजानिक गरेको हो। प्रारम्भिक जाँचमा यो दुर्घटनामा विमानका दुबै इन्जिन एकपछि अर्को गर्दै केही छिनमै बन्द भएका कारण भएको जनाइएको छ।
टेकअफ लगत्तै एक पछि अर्को गर्दै दुबै इन्जिन बन्द हुन पुग्छन्। यस दौरान ककपिटको रेकर्डिङबाट एक पाइलटले अर्का पाइलटलाई भन्छन् ‘के तिमीले इन्जिन बन्द गरेको हो। अर्का पाइलट भन्छन, ‘होइन्’।’
१२ जुनमा अहमदाबादबाट लन्डन जाँदै गरेको फ्लाइन एआइ १७१ विमान टेकअफ गरेको केही सेकेन्डमै एक मेडिकल होस्टलको विल्डिङमा ठोक्किँदा २ सय ७० जनाको मृत्यु भएको थियो। जसमा २ सय ४१ जना यात्रु र क्रु मेम्बर रहँदा अन्य जमिनमा रहेका ब्यक्तिहरूको मृत्यु भएको थियो। बिमानमा सवार एक ब्यक्तिमात्र बाँच्न सफल भएका थिए।
जाँचले के देखायो प्रश्नोत्तर शैलीमा हेरौं
हावामा के भएको थियो?
जवाफ: उडान भरेको केही सेकेन्डमै दुबै इन्जिन हावामानै बन्द भए। जसका कारण इन्धन कटअफ स्विच एकपछि अर्को गर्दै केवल एक सेकेन्डमै रन (चालु) अवस्थाबाट कटअफ (बन्द इन्जिन) मा परिवर्तन हुन पुग्यो। इन्जिनमा इन्धन आपूर्ति छिनमै बन्द भयो।
पाइलटले के गफ गरेका थिए?
जवाफ: ककपिटको अडियो रेकर्डबाट यो पत्ता लाग्यो कि एक पाइलटले सोध्छन् ‘के तिमीले इन्जिन बन्द गरेको हो, दोस्रो पाइलट भन्छन मैले गरेको छैन्।’
के इन्जिन दोस्रो पटक स्टार्ट गर्ने कोशिस भएको थियो?
पाइलटले इन्जिनको फेरी स्टार्ट गर्ने प्रयास गरेका थिए। एन १ इन्जिन केही हदसम्म स्टार्ट हुन खोजे पनि इन्जिन २ क्र्यास हुनु अघि स्टार्ट हुन सकेन्। विमान केवल ३२ सेकेन्डमात्रै हावामा रहन पुग्यो।
के फ्युलमा कुनै समस्या थियो?
दुर्घटनापछि फ्युल टेस्टिङ गरिएको थियो। फ्युलमा कुनै समस्या थिएन्। थ्रस्ट लीवर पूर्ण रुपमा टुटेको थियो। यद्धपि ब्ल्याकबक्सबाट यो पत्ता लाग्यो कि टेकअफका दौरान थ्रस्ट चलेको थियो, थ्रस्टले डिस्कनेक्ट भएको संकेत दिन्छ। थ्रस्ट लिवरकै संकेतबाट विमानको इन्जिनको शक्ति र कन्ट्रोल गरिने गर्छ।
के चरा ठोकिएको थियो?
फ्ल्याप सेटिङ (५ डिग्री) तथा गियर डाउन हुँदा उडान भर्नका लागि सामान्य मानिन्थ्यो। बर्ड हिटिङ (चरा ठोकिएको)को कुनै संकेत देखिएको थिएन। र बर्ड हिटिङको समस्या थिएन्।
दुर्घटना हुँदाको मौसम कस्तो थियो?
आकाश पूर्ण रूपमा सफा थियो। देख्न सकिने दुरी (विजिबिलिटी) पनि ठीकठाक थियो। आँधी-तूफान वा कुनै खराब मौसमको अवस्था थिएन।
के पाइलटहरू चिकित्सकीय रूपमा फिट थिए?
दुवै पाइलट पूर्ण रूपमा चिकित्सकीय रूपमा स्वस्थ थिए। उनीहरूलाई कुनै समस्या थिएन। मुख्य पाइलटसँग ८,२०० घण्टा र सह-पाइलटसँग १,१०० घण्टाको उडान अनुभव थियो।
प्रारम्भिक छानबिनपछि विमान कम्पनीलाई कुनै सिफारिस गरिएको छ?
प्रतिवेदनमा उल्लेख गरिएको छ कि यो प्रारम्भिक छानबिन हो र अनुसन्धान अझै जारी छ। हालका लागि बोइङ विमान निर्माता कम्पनी वा इन्जिन बनाउने जनरल इलेक्ट्रिक (जीइ) लाई कुनै सिफारिस गरिएको छैन।
विमान उड्नासाथ र्याम एयर टर्बाइन (आरएटी) खुलेको
रिपोर्टमा भनिएको छ कि इन्जिन बन्द भएसँगै (आरएटी) खुलेको थियो। यो एउटा सानो प्रोपेलरजस्तो उपकरण हो, जुन हावाको गतिले घुम्छ र विद्युत तथा हाइड्रोलिक पावर उत्पन्न गर्छ।
यो विशेष गरी तब प्रयोग हुन्छ, जब विमानको मुख्य पावर बन्द भएको हुन्छ वा हाइड्रोलिक प्रणाली असफल भएको हुन्छ। आरएटीको सहयोगले विमानका न्यूनतम नेभिगेसन र नियन्त्रण प्रणालीहरू चलाइराख्न सकिन्छ। दुर्घटना छानबिन निकायले सीसीटीभी फुटेजमार्फत आरएटी सक्रिय भएको पुष्टि गरेको छ।
दुर्घटनामा विमान पहिले केमा ठोकियो?
रिपोर्ट अनुसार, विमान सबैभन्दा पहिले एउटा रुखमा ठोक्किएको थियो। त्यसपछि एक चिमनीमा ठोक्कियो, र अन्ततः एउटा भवनमा खसेर आगो लागेको थियो। दुर्घटनापछि विमानका टुक्राहरू टाढा-टाढासम्म उछिट्टिएका थिए।
पाइलटले ‘मेडे’ आपतकालीन सन्देश पठाएका थिए?
विमानले अन्तिम सिग्नल १९० मिटर (६२५ फिट) को उचाइबाट पठाएको थियो, जुन उडानपछि केही बेरमै आएको थियो। विमानले जुन १२ तारिखको दिउँसो १:३९ बजे रनवे २३ बाट उडान भरेको थियो। उडानपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ (आपतकालीन) सन्देश पठाए, तर त्यसपछि कुनै उत्तर प्राप्त भएन।
इन्धन स्विच किन महत्त्वपूर्ण हुन्छ?
ड्रीमलाइनर विमानमा दुवै इन्जिनका लागि ‘रन’ र ‘कट-अफ’ भन्ने दुई मोड हुन्छन्।
यदि विमान उडिरहेको बेला स्विच ‘कट-अफ’ मा गयो भने, इन्जिनमा इन्धन पुग्न रोकिन्छ। यसले इन्जिनको शक्ति (थ्रस्ट) हराउँछ र बिजुली आपूर्ति पनि रोकिन सक्छ, जसले गर्दा ककपिटका धेरै उपकरणहरू बन्द हुन सक्छन्।







ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया