ओलीसँग कुरा नमिलेपछि खनाल नेपाल समूहका यी नेताले दिंदैछन् सामुहिक राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकता जोगाउने र विवाद समाधान गर्ने विषयमा उदासिन रहेको निश्कर्ष सहित एमालेकै माधव नेपाल र झलनाथ खनाल समुहका सांसदहरुले सामुहिक राजीनामा दिने अन्तिम तयारी गरिरहेका छन् ।
आज आफु पक्षको स्थायी समितिको बैठक बसेर यसको अन्तिम निर्णय लिने र सांसदहरुले ब्यक्तिगत रुपमा संसद सचिवालय पुगेर राजीनामा बुझाउने र त्यसपछि संयुक्त वक्तब्य दिने तयारीमा खनाल नेपाल पक्ष पुगेको छ ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा बसेको खनाल नेपाल पक्षका सांसदहरुको बैठकमा यसबीचमा भएका बार्ता प्रयास र ओलीले देखाएको अरुचीका विषयमा सम्वादमा संग्लन्न रहेका नेताहरुले पहिले धारणा राखेका थिए ।
त्यसपछि भने सांसदहरुले आ–आफना सुझाव सहितका धारणा राखेका थिए । त्यसपछि नेपाल खनाल नेपाल पक्ष सामुहिक राजीनामाको निश्कर्षमा पुगेको हो । प्रत्यक्ष तर्फका सांसदहरुले हिजो नै नेपाललाई राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाईसकेका छन् ।
आज दिउँसो एक चरण स्थायी समिति सदस्यहरुकोबीचमा छलफल गर्ने, ओली पक्षबाट आउने सन्देशसम्म कुर्ने र त्यसो गर्दा पनि केही नभए राजीनामा दिने तयारी नेपाल खनाल पक्षको छ ।
राजीनामा दिन तयार यी हुन्, खनाल नेपाल पक्षका सांसद
प्रत्यक्ष तर्फ
झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रकाश भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा
समानुपातिक तर्फका सांसदले पनि राजीनामा बुझाउने विषयमा खनाल नेपाल पक्षको बैठकमा छलफल भएको छ । तर समानुपातिकले राजीनामा दिएमा ओलीले नयाँ नियुक्त गरेर ल्याउने भएकाले दिने नदिनेमा कुनै निश्कर्ष भने निस्केको छैन ।
तर आज बस्ने स्थायी समिति बैठकले यस विषयमा निर्णय लिने नेताहरुको भनाइ छ । समानुपातिकले पनि दिने गरी नै छलफल होला, ति नेताले भने ।
समानुपातिकले पनि दिने निर्णय भएमा
रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जनाले राजीनामा दिनेछन् ।
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया