सोमबार, चैत ३०, २०८२

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

मेरोन्यूज २०८२ असार ३० गते १०:५०

इस्लामावाद। पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।

एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे।

यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा मच्चियो। 

शाहजैनले स्थानीय मिडियालाई भने, ‘लाहोर एयरपोर्टको आन्तरिक टर्मिनलको ढोकामा दुईवटा विमान पार्किङ गरिएको थियो। मैले एयरलाइन्स स्टाफलाई मेरो टिकट पनि देखाएँ। म गलत उडानमा चढेको छु भन्ने मलाई पटक्कै थाहा थिएन। उडानमा प्रवेश गरे पछि मात्रै मैले एयर होस्टेसलाई मेरो टिकट पनि देखाएँ।’

शाहजैनका अनुसार उडानको २ घण्टा बितिसक्दा पनि विमान कराँचीमा नपुगेपछि उनले केबिन क्रुलाई सोधे कि विमान कराचीमा किन अवतरण भएको छैन ? यसपछि विमानमा त्रास फैलियो । चालक दलका सदस्यहरूले यो गल्तीको लागि शाहजैनलाई दोष दिन थाले।

तर, शाहजैनले आफूसँग साउदी अरबको पासपोर्ट र भिसा नभएको बताएका छन् । जेद्दा पुगेपछि जब शाहजैनले कराँची फिर्ता लैजान अनुरोध गरे, उनलाई कराँची पुग्न २–३ दिन लाग्ने भनिएको थियो। शाहजैनले पाकिस्तान एयरलाइन्सविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् ।

पाकिस्तान एयरपोर्ट्स अथोरिटी (पीएए) ले लाहोर एयरपोर्टका अधिकारीहरूसँग यस विषयमा सोधपुछ गरेको थियो। पिपीएले यसलाई एयरलाइनको लापरवाहीको रूपमा वर्णन गरेको छ। लाहोर एयरपोर्ट प्रशासनले पनि छानबिन गर्न आदेश दिएको छ। जिम्मेवार कर्मचारीलाई कारबाही गरिने उसले जनाएको छ।

प्रतिक्रिया