सोमबार, मंसिर १, २०८२

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

मेरोन्यूज २०८२ असार ३१ गते १२:२१

काठमाडौं। अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा आँधीबेहरी भइरहेकाे बेला कार अनियन्त्रित भइ सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटनामा परेको हाे ।

दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले जुलाई १४ तारिख एक सार्वजनिक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसन ले फेसबुकमार्फत् लेखेका छन्, “हामी हाम्रो विश्वविद्यालयमा ‘केयरिङ’ अर्थात् एकअर्काको हेरचाहलाई उच्च मूल्यको रूपमा लिन्छौं । आज र सधैं एकअर्काको ख्याल राखौं ।”

प्रतिक्रिया