ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए ।
यसैबीच, छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझ्नु भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।









यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया