ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट

गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छ । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको आज शुभारम्भ गर्दै उनले ज्येष्ठ नागरिकहरूलाई सङ्गठित गरी उनीहरूका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्ने बताए ।
प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवर्द्धन गर्दै उहाँहरूमाथि हुने दुव्र्यवहार, हिंसा र विभेद्को रोकथाम जरुरी रहेको उल्लेख गरे । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको उल्लेख गर्नुहुँदै उनले भने, “राज्य सँगसँगै ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा निजीस्तरले पनि सरोकार राख्नुपर्छ ।”
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजाअर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया