एमालेमा पदाधिकारी घटाउने प्रस्ताव
मेरोन्यूज
२०८२ साउन १ गते २१:४१

काठमाडौं । नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव भएको छ।
नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार भएको विधान मस्यौदा प्रस्तुत गर्दै पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्।
जसमा ११ जना मात्रै पदाधिकारी बनाउने उल्लेख गरिएको छ। नयाँ प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३ (एक वरिष्ठ उपाध्यक्षसहित), महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछन्।
अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहेका छन्।
हाल एमालेमा १९ पदाधिकारी हुने व्यवस्था छ।
त्यस्तै पौडेलले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव गरेका छन्।
सम्बन्धित
















भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया