आइतबार, चैत २९, २०८२

ट्रम्पलाई नसा सम्बन्धी समस्या

मेरोन्यूज २०८२ साउन २ गते ७:१७

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक समस्या देखिएको छ। खुट्टा सुनिन थालेपछि परीक्षण गराएकाे उनको रगतको नसामा समस्या देखिएको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

ट्रम्पका चिकित्सक सियन बारेबलाको रिपोर्टलाई हेर्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी हुन्। अहिले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको बारेबलाको रिपोर्टमा उल्लेख गरिएको छ।

यसै साता ट्रम्पले पिँडुला सुनिएको अनुभव गरेपछि यो परीक्षण भएको हो। यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको जनाइएको छ। उनले इकोकार्डियोग्राम गराएका थिए। उनको मुटु पनि सामान्य नै रहेको जनाइएको छ।

प्रतिक्रिया