विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता, के भयो छलफल ?
मेरोन्यूज
२०८२ साउन २ गते १२:२०

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो ।
नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’
कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।
कोइरालाले यसअघि बिहीबार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित
















सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया