बिहीबार, मंसिर ४, २०८२

विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता, के भयो छलफल ?

मेरोन्यूज २०८२ साउन २ गते १२:२०

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो ।

नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’

कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।

कोइरालाले यसअघि बिहीबार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया