विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जन।एका छन् ।
रिचमन्ड ग्लोबल स्कुलकी प्रिन्सिपल मौपाली मित्राले शुक्रबार बम राखिएको चेतावनी प्राप्त भएको इमेल प्राप्त भएको केही समयमै प्रहरीलाई सुचना गरेको बताए । बम डिस्पोजल टोली र अन्य टोलीहरूको सहयोगमा विद्यालय परिसरमा विस्फोटक पदार्थको जाँच गर्दा सुरक्षित फेला परेको उनले बताएका छन् ।
दिल्लीका २० भन्दा बढी विद्यालयहरूलाई इमेलमार्फत बमको चेतावनी आएको अधिकारीहरूले शुक्रबार बताएका हुन ।
पछिल्लो तीन दिनमा दिल्लीका करिब १० वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएकोे चेतावनी प्राप्त भएको केही दिन पछि प्रहरी तैथान गरिएको वा सुरक्षाका लागि अस्थायी रूपमा विद्यालय बन्द गरिएको हो ।
प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, “हेलो, मैले विदालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरणहरू राखेको छु । विस्फोटकहरू कालो प्लास्टिकको झोलामा छन् म तिमीहरू प्रत्येकलाई यस संसारबाट विदा गर्नेछु ।”
चेतावनीमा भनिएको छ, “त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथी विलाप गरिरहेका हुनेछन्, जब म यो समाचार देख्नेछु, खुसीले हाँस्नेछु। त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन् । यो समाचार पछि म आत्महत्या गर्नेछु ।”
दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्मत शुक्रबार दिल्लाीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० सरकारको आलोचना गर्नुभएको छ ।
अधिकारीहरूका अनुसार थोमस स्कुल, वसन्त भ्याली स्कुल, द मदर इन्टरनेसनल स्कुल, रिचमन्ड ग्लोबल स्कुल र सरदार पटेल विद्यालयमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएका छन् ।
यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । इमेलले पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।
धम्की दिएका स्थानहरू खाली गरी प्रहरीले बम निस्क्रिय पार्ने टोली, तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली, दिल्ली अग्नि नियन्त्रण ब्रिगेडको टोलीलगायत घटनास्थलमा तैनाथ रहेको र अहिलेसम्म कुनै पनि सङ्कास्पद बस्तु फेला नपरेको प्रहरीले जनाए ।
दिल्ली प्रहरीले हालसम्म अन्य कलेजले उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्रदान गरेको सुचना गरेका छैनन् ।
सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि दिल्ली प्रहरीको मेलमार्फत बमको धम्की प्राप्त भएको जनाइएका छन् ।
















इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया