वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक विचार सिद्धान्त निकट रहेका समूह तथा कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज आयोजित एकता सभामा उहाँले मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि सबै क्रान्तिकारी, वामपन्थी शक्तिलाई बलियो बनाउन विभिन्न रूपमा छरिएका कम्युनिष्ट समूहलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।
पार्टी बलियो बनाउन समान नीति र उद्देश्य बोकेका अरू दलसँगको एकता र सहकार्य अर्थपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रिय एकता अभियानसँग गरिएको एकताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूबाट आएका अभिव्यक्तिले तत्काल उनीहरूसँग एकताको सम्भावना नरहेको बताउँदै उनले त्यहाँभित्रको सैद्धान्तिक तथा वैचारिक विचलन बाधक रहेको विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीको वैचारिक दृष्टिकोणका कारणले देशको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट पारे। सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेका वामपन्थी शक्तिबीचको एकता मुलुकको आवश्यकता भएको बताउँदै त्यसको सुरुआत आजको कार्यक्रमबाट भएको उल्लेख गरे ।
उनले मुलुकमा सबै वामपन्थी शक्तिबीच ध्रुवीकरणको विकास हुँदै जाँदा एमालेसँग पनि दीर्घकालमा एकताको सम्भावना र लक्ष्य राख्नुपर्ने उल्लेख गरे । अभियानका संयोजक वामदेव गौतमले आफू ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको बताउँदै एकताप्रति खुसी व्यक्त गरे। मुलुकमा समाजवाद निर्माणका लागि आफू समाहित भएको बताउँदै उनले भने, “मेरो जीवनमा समाजवाद देख्न पाएँ र मैले नै निर्माण गरेर समाजवादी पद्धतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्ण रूपमा सफल भएको ठान्नेछु ।”
















नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निखिल उप्रेती भन्छन् – कलाकारितामै रमाउँछु, राजनीतिमा आउँदिन
बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया