पाल्पामा कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज सुरू

तानसेन (पाल्पा)। पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरू भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरेका छन् । ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउँदै आएको नगर प्रमुख श्रेष्ठले बताए। सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेञ्जले साइकलयात्रीलाई प्रोत्साहन गर्नुको साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याएको उनले चर्चा गरे।
सङ्घले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन समेत गरेको थियो । यस वर्ष ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५ सुरू गरिएको सङ्घका अध्यक्ष रूपेश महर्जनले बताए । उाले भने, “पाल्पामा दोस्रो पटक व्यवस्थित ढङ्गले कोरा आयोजना गरेका हौँ । यसले यहाँको पर्यटन, स्वास्थ्य, र वातावरणीय सचेतनामा नयाँ ऊर्जा ल्याउने छ ।”
यो वर्षको कोरा यात्रा ऐतिहासिक र प्रभावशाली हुने विश्वास लिइएको उनको भनाइ छ । कार्यक्रममा ७० जना साइक्लिङ सहभागी रहेका सङ्घका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । कार्यक्रममा सहभागी हुने साइकलयात्रीले यहाँका विभिन्न प्रमुख धार्मिकस्थल तथा पर्यटकीयस्थललाई घडीको दिशामा परिक्रमा गरी ५५ किलोमिटरको यात्रा पूरा गर्ने उनको भनाइ छ ।
स्वास्थ्यका लागि साइक्लिङको महत्व बुझाउन, धार्मिकस्थलको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न कोरा साइक्लिङ च्यालेञ्ज महत्त्वपूर्ण हुने उपाध्यक्ष शाक्यले विश्वास लिए । उनले भने, “कोरा केवल साइकलयात्रीको जमघट मात्र होइन, यो समाजका लागि योगदान गर्ने एक महान अवसर पनि हो । पाल्पावासीको उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौँ ।” यात्राका क्रममा कुनै स्वास्थ्य समस्या आए स्वास्थ्यकर्मीको टिम समेत तयारी अवस्थामा राखिएको सङ्घका सचिव विज्ञान बज्राचार्यले बताए ।
बिहान ८ बजेदेखि टुँडिखेलबाट निस्केको साइकल र्याली दरबार परिसरमा गई यात्रा सुरु गरेको थियो । त्यहाँबाट बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडर टावर, डुम्रे, प्रभास हुँदै जिल्लाका विभिन्न स्थान परिक्रम गरी पुनः पाल्पा दरबार परिसरमा आएर कार्यक्रम समापन हुने सङ्घका सदस्य शान्ता थैवाले जानकारी दिए ।















शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया