रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ : मनीष झा
मेरोन्यूज
२०८२ साउन ३ गते १५:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।
प्रतिनिधि सभा सदस्यसमेत रहेका झाले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए।
प्रदेश सभामा पुग्ने प्रदेशका स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले सुनाए। पालिकाका प्रतिनिधि पुगेर प्रदेश सभामा काम गर्ने व्यवस्था गर्ने उनको भनाइ छ।
‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह हुन्छ। पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्छन्’, उनले भने, ‘त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेसन झनै प्रभावकारी हुन्छ।’
सम्बन्धित









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया