नेप्से लगातार घट्दै

काठमाडौं । गत साता केही दिन निरन्तर ओरालो लागेको बजार परिसुचक यो साताको पहिलो दिन आज आईतबार पनि दोहोरो अंकले ओरालो लागेको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलब ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलब ५६ को बिन्दुमा पुगेको हो ।
यो अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशलमलब १७ प्रतिशतले कमी हो । स्टक एक्सचेञ्जमा आइतबार २ सय १९ कम्पनीको ७५ हजार ५६ कारोबारबाट कुल ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १ सय २५ कित्ता शेयर खरिद बिक्रि भएको छ । गत साता लगातार लगातार सकारात्मक देखिएको महिला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै विशाल बजार कम्पनी, सिंगटी हाईड्रो लगायत ४ कम्पनीको शेयर मुल्य घटेको छ । सबैभन्दा बढि माईक्रोफाईनान्स समुहको १ दशमलब ७८ प्रतिशतले घटेको छ । आइतबार एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड ८६ लाख र कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ । समता घरेलु लघुवित्त, रुरु जलविद्युत्त परियोजनाको शेयर भने बढेको छ ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया