एमाले बैठकमा केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एमालेको जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधनको प्रस्तावमा धारणा राख्न सुरु गरेका छन् ।
बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन् । केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए ।
बोल्नेहरू अधिकांशले विधानको संशोधन प्रस्तावमा समर्थन जनाएका छन् ।
केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आह्रान गरे । पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनुपर्ने बताए ।
आज देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरे ।
उपाध्यक्ष एवं विधान संशोधन समितीको संयोजक विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरे । महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पारेका थिए ।
















विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया