चाक्सीबारी बैठकको निष्कर्ष सुनाउन कांग्रेसका नेताहरू बुढानीलकण्ठमा
मेरोन्यूज
२०८२ साउन ६ गते १३:१९

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
साेमबार बसेकाे कांग्रेसका पूर्वपदाधिकारीको चाक्सीबारी बैठकले नेपाली कांग्रेस र एमालेबीच १७ असार २०८१ मा भएको सातबुँदे सहमतिअनुसार सरकारको कामकारबाही हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
सभापतिलाई भेट्ने समूहमा उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत छन् ।
भेटवार्ताका क्रममा उनीहरूले सातबुँदे सहमतिमा उल्लेख भएका संविधान संशोधनलगायतका एजेन्डा प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने, गठबन्धनको मर्मअनुसार सरकारको नीति र कामकारबाही तय गर्नुपर्ने धारणा राखेका छन् ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया