चाक्सीबारी बैठकको निष्कर्ष सुनाउन कांग्रेसका नेताहरू बुढानीलकण्ठमा
मेरोन्यूज
२०८२ साउन ६ गते १३:१९

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
साेमबार बसेकाे कांग्रेसका पूर्वपदाधिकारीको चाक्सीबारी बैठकले नेपाली कांग्रेस र एमालेबीच १७ असार २०८१ मा भएको सातबुँदे सहमतिअनुसार सरकारको कामकारबाही हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
सभापतिलाई भेट्ने समूहमा उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत छन् ।
भेटवार्ताका क्रममा उनीहरूले सातबुँदे सहमतिमा उल्लेख भएका संविधान संशोधनलगायतका एजेन्डा प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने, गठबन्धनको मर्मअनुसार सरकारको नीति र कामकारबाही तय गर्नुपर्ने धारणा राखेका छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया