भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणका रूपमा शुक्रबार माल्दिभ्स आइपुगेका छन् । उनको आगमनमा राष्ट्रपति मुइज्जुले न्यानो स्वागत गरेका छन् ।
दुई नेताले एकअर्कालाई आलिङ्गन गर्दै अभिवादन गरेको देखिएको थियो । यस अवसरमा माल्दिभ्सका विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र गृह सुरक्षा मन्त्री पनि उपस्थित रहेका थिए।
टापु राष्ट्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको दुई दिने राज्य भ्रमणका लागि स्वागत गर्न तयार हुँदा माल्दिभ्सको राजधानी मालेले शुक्रबार ठूलो पोस्टर, रङ्गीन ब्यानर र भारतीय झण्डा फहराउँदै उत्सवका रूप धारण गरेको थियो ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो अभिवादन’ सन्देश भएका पोस्टरहरू सहरभरि प्रदर्शन गरिएको थियो । केही ब्यानरहरूमा प्रधानमन्त्री मोदीको फोटो लगाइएको थियो । भारतीय झण्डा सडकहरूमा लामबद्ध थिए र धेरै केटाकेटीले पनि प्रधानमन्त्री मोदीको आगमनको प्रतीक्षामा उनको चित्र र तस्विरहरू समातेका थिए ।
प्रधानमन्त्री मोदीलाई माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले निमन्त्रणा गरेका थिए । मोदीले देशको ६०औँ स्वतन्त्रता दिवस समारोहमा सम्मानित अतिथिको रूपमा सहभागिता जनाउनेछन् ।
यो प्रधानमन्त्री मोदीको माल्दिभ्सको तेस्रो भ्रमण हो र राष्ट्रपति मुइज्जुको कार्यकालमा कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखको पहिलो भ्रमण हो ।
माल्दिभ्समा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरूले मोदीको भ्रमणलाई लिएर उत्साह व्यक्त गरे ।
प्रधानमन्त्री मोदीको आगमनअघि भारतीय समुदायका एक सदस्यले भने, “हामीसँग ठूलो नेता भएकामा हामी गर्व गर्छौं । हामी अपरेसन सिन्दूर, उहाँले गरेको कार्य र भारतमा भइरहेको विकासप्रति गर्व गर्छौं ।”
आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्न राष्ट्रपति मोहम्मद मुइज्जुसँग वार्ता गरर्नेछन् ।
यो भ्रमणले भारत र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव पनि मनाएको छ । हालैका वर्षहरूमा भारतले विकास सहायता, पूर्वाधार परियोजनाहरू र आपत्कालीन सहायताका माध्यमबाट माल्दिभ्सलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया