निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ। वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो।
गैँडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका एक सय २६, ढुङ्गागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका एक सय ४१ र निगुरोका ८७ जनालाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर बताए। अनुमतिबिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने छ, हिउँचितुवा कसुरमा दुई, चितुवामा पाँच र च्याउसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरी कारबाही गरिएको उनले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध विभिन्न २६ वटा मुद्दा दर्ता भएका बताउँदै मगरले जिल्ला अदालतमा चार वटा र अन्य मुद्दा निकुञ्ज कार्यालयमा दर्ता भएका जानकारी दिए। अदालतमा दर्ता गरिएका मुद्दामा सालक, गैँडा, बाघसम्बन्धी रहेका छन्।
निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटाको फैसला गरिएको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको उनले बताए। उनका अनुसार चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका २६ वटा मुद्दा रहेका छन्।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया