सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले कांग्रेस चितवनका पूर्व सभापतिसमेत रहेका गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको उल्लेख गरेका छन् । स्वर्गीय गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने देउवाको भनाइ छ ।
‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाको शोक वक्तव्यमा भनिएको छ । गुरुङको शनिबार बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको थियो । उनी भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगरमा बसोबास गर्दै आएका थिए । गुरुङको आइतबार सवा ११ पवित्र तीर्थस्थल देवघाटधाममा लगी अन्त्यष्टी गरिने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया