सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखीकरण तालिम

काठमाडौं। लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करियर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२को परिक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमूखिकरण तालिम दिएको हो ।
विद्यार्थीहरुलाई ‘प्लस टु’ पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नको लागि कुन विषय छनौट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।
यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जिपिटि, फ्रिलाइन्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंको इन्द्रेणी बैङ्क्वेटमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सिन्न पाउँदा खुसी व्यक्त गरेका थिए । ‘कार्यक्रममा दिएको तालिम एकदम राम्रो छ । मैले धेरै कुरा सिक्न पाए । अब १२ को रिजल्ट आएपछि मैले आफूलाई मनमा लागेको र मेरो लागि राम्रो हुने विषय छानेर पढ्छु । यस्तै कार्यक्रम भयो भने म फेरी पनि आउनेछु।’ कार्यक्रममा आएका एक विद्यार्थीले आफ्नो अनुभव सुनाए ।
कार्यक्रम सोचेको भन्दा राम्रो र उपलब्धीमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लयो क्लब अफ काठमाडौं सौहार्दले प्रतिवद्धता जनाएको छ । साथै, काठमाडौं इन्टरनेशनल कलेजका सिइओ प्रताप राज जोशीले विद्यार्थीलाई आफूलाई रुची भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् । ‘विदेशमा जस्तै विभिन्न विद्यामा नेपालमा पनि पढ्न पाइन्छ । यही पढेर पनि सफल व्यक्ति बन्न सकिन्छ । विदेश नै जानुपर्छ भन्ने जरुरी छैन । पढ्दा चाहिँ आफूलाई रुची भएको विषय छानेर बढ्नुपर्छ र त्यसमा धेरै भन्दा धेरै मिहिनेत गर्यो भने अवश्य सफल भइन्छ ।’ भन्दै सिइओ जोशीले विद्यार्थीमा थप प्रेरणा र उत्साह भरेका छन् । विद्यार्थी अभिमूखीकरण कार्यक्रम एकदमै उपलब्धीमूलक हुने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया