खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ।
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६ सय वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरु निर्माण भएका छन्। गण्डकी प्रदेश सरकारको १५ लाख रूपैयाँ, बेनी नगरपालिकाको ७५ लाख रूपैयाँ, पुरातत्व विभागको १० लाख रूपैयाँ र अन्य निकायको १२ लाख रूपैयाँ गरी यहाँ एक करोड १० लाख रूपैयाँभन्दा बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधार निर्माण भएका छन्।
त्यसैगरी, सापकोटा बन्धुहरुले करिब २४ लाख रूपैयाँको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिएका छन्।
कोत परिसरको पटाङगिनीमा स्लेट ढुंगा बिछ्याएर चिटिक्क पारिएको छ। चारैतिर धुपी र सल्लाका रुखको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरीलगायतका नौवटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने बेनी नगरपालिका-२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए। यहाँबाट दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।
विसं १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेका ज्यामरुककोटमा तत्कालीन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम (डिम्ब) मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ।
कुल ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै आकर्षणका रूपमा रहेका छन्।
बेनी नगरपालिकाको पाँच लाख र वडा कार्यालयको दुई लाख रूपैयाँ विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिए।
‘ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरी धार्मिक र पर्यटकीयस्थल बनाउने उद्देश्यअनुरुप काम गरिरहेका छौँ’, वडाध्यक्ष कार्कीले भने, ‘गौश्वारमा निर्माणाधीन गोबर्द्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजनासहित काम भइरहेको छ’, अध्यक्ष कार्कीले भने। रासस
















अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया