सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २७ गते १२:०७

काठमाडौं । घरायसी विवादका कारण सिलौटोले हानेर आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षीय विजयलाल कर्णलाई पक्राउ गरेको हो ।
रामबली साहतेलीको घरमा डेरा गरी बस्ने ३५ वर्षीय विजयलाल कर्णले श्रीमती ३२ वर्षीया उषादेवी कर्णको हत्या गरेका हुन् । घरायसी विवादका कारण सिलौटोले उषादेवीको टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले विजयलाल कर्ण पक्राउ परेको हो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया