काममा फर्किए कमेडियन मेक्सन गौडेल
मेरोन्यूज
२०८२ साउन १३ गते १७:१२

काठमाडाैं। चर्चित कमेडियन मेक्सन गौडेल काममा फर्किएका छन्। स्वास्थ्यमा सुधार आएसँगै गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा फर्किएका हुन्।
आगामी शनिबार छायांकन हुने एपिसोडको सुटिङमा गौडेलले अभिनय गर्ने बताइएकाे छ ।
प्याङ्क्रियाजको समस्याबाट पीडित गौडेल केहिमहिना यता उपचाररत थिए । यहाँ उपचार गर्दा निकाे नभएपछि उनलाई दिल्लीस्थित मेदान्त अस्पताल भर्ना गरिएको थियो। उपचारपछि गत महिना काठमाडौं फर्किएका थिए ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोडसम्म अभिनय गरेका उनी त्यसपछि बिरामी परेका थिए । गाैडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका छन् ।
सम्बन्धित













सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया