बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
मेरोन्यूज
२०८२ साउन १४ गते १३:२३

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्ने भएको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ४२ दिन अवधिका लागि तरलता संकलन गर्न लागेको जानकारी दिएको हो।
सूचना अनुसार बोलकबोल प्रक्रियामार्फत हुने उक्त निष्कर्षणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम ५ करोड रुपैयाँका दरले भाग लगाएर निःशेष भागसम्म स्वीकृति दिइनेछ।
बोलकबोल आज (साउन १५) दिउँसो ३:०० बजे Online Bidding System Software मार्फत हुनेछ। यस निष्कर्षणको साँवा र ब्याज भुक्तानी भदौ २५ गते हुने जनाएको छ।
राष्ट्र बैंकले यस माध्यमबाट प्रणालीमा रहेका अतिरिक्त तरलता नियन्त्रण गरी मौद्रिक सन्तुलन कायम गर्न खोजेको हो।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया