कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको थाइल्यान्डको आरोप

थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ गरेको आरोप लगाउँदै कम्बोडियाको सेनाले सीमामा राति आक्रमण गरेको बताएको छ ।
पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूको आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो ।
तर थाइल्यान्डको विदेश मन्त्रालयले बुधबार बिहानसम्म जारी रहेको आक्रमणमा सिसाकेट प्रान्तमा आफ्ना सेनाहरू ‘कम्बोडियाली सेनाहरूले सुरु गरेको सानो हतियारको गोली र ग्रेनेड आक्रमणको सिकार भएको’ बताएको छ ।
“यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो”, विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।
थाई सरकारका प्रवक्ता जिरायु हुआङ्गसाबले पनि राति झडप भएको रिपोर्ट गरे । तर एक विज्ञप्तिमा उनले भने, “थाई पक्षले स्थिति नियन्त्रणमा राखेको छ र बिहान ८ः०० बजे (०१०० जिएमटी) देखि सीमामा अवस्था सामान्य भएको रिपोर्ट गरिएको छ ।”
कम्बोडियाले पहिले युद्धविराम तोडेको अस्वीकार गरेको छ । युद्धविरामको उद्देश्य दुई देशले सीमावर्ती क्षेत्रबाट तीन लाखभन्दा बढी मानिसलाई विस्थापित गरिसकेको लडाइँ समाप्त गर्नु थियो ।
सीमाबाट ५० किलोमिटर टाढा थाइल्यान्डको सुरिन सहरको आश्रय र भान्छाघरको रूपमा प्रयोग गरिएको एक मन्दिरमा विस्थापितहरू अनिश्चितताको अवस्थामा रहेको स्वयंसेवक थानिन किट्टिवोरानुनले बताए। “हामी विश्वास गर्दैनौँ कि कम्बोडियाले युद्धविराम मान्नेछ”, ६५ वर्षीय उनले भने।
तर कम्बोडियाली पक्षमा रहेका एक एएफपी पत्रकारले गत बिहीबार लडाइँ सुरु भएदेखि तोप आक्रमणको निरन्तर आवाज सुनेको तर युद्धविरामको सुरुआतदेखि बुधबार बिहानसम्म कुनै विस्फोट नसुनेको बताए ।
बेइजिङले आफ्ना उप–विदेशमन्त्री सुन वेइडोङले थाई र कम्बोडियाली अधिकारीहरूसँग साङ्घाईमा बैठक आयोजना गरेको बताउनुभयो । बैठकमा दुवैले चीनलाई युद्धविराम सहमतिलाई पालना गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् ।
– अझै नाजुक –
सामान्यतया शान्ति कायम हुनुअघि मङ्गलबार बिहान युद्धविरामको सुरुआत अस्थिर भयो । थाइल्यान्डले कम्बोडियामाथि ‘आपसी विश्वासलाई कमजोर पार्ने स्पष्ट प्रयास’ मा आक्रमणहरू जारी राखेको आरोप लगायो ।
सम्झौताको भागका रूपमा निर्धारित सीमामा प्रतिद्वन्द्वी कमान्डरहरूबीचको बैठकहरू अगाडि बढे । थाइल्यान्डको सेनाले ‘सेनाको सुदृढीकरण वा गतिविधिहरू रोक्न जसले गलतफहमी निम्त्याउन सक्छ’ लगायत तनाव घटाउने कदमहरूमाथि सहमति भएको बताएको छ ।
तर त्यस दिनपछि बैङ्ककको सीमा सङ्कट केन्द्रका लागि विदेश मामिलाका प्रवक्ता मारती नलिता अन्दामोले चेतावनी दिनुभयो, “यस क्षणमा, युद्धविरामको प्रारम्भिक दिनहरूमा, स्थिति अझै नाजुक छ ।”
जेट, रकेट र तोप आक्रमणबाट कम्तीमा १५ थाई सैनिक र १५ थाई नागरिकको मृत्यु भएको छ भने कम्बोडियाले केवल आठ नागरिक र पाँच सैन्य मृत्युको पुष्टि गरेको छ ।
सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण दुवै राष्ट्रले दावी गरेको यस क्षेत्रलाई लिएर सन् २००८ देखि २०११ सम्म छिटपुट रूपमा भड्किएको हिंसामा भएको २८ को मृत्यु सङ्ख्याले यो भडकाउले उछिनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताको लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् ।

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया