सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान
मेरोन्यूज
२०८२ साउन १७ गते २०:५५

पाल्पा । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ति सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । “बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्क लाइट जडान गरिएको छ । यसको विद्युत् महसुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उनले भने ।
यहाँ नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत रु. छ लाख बराबरको लागतमा १६ मिटर उचाइ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ । उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ ।
सम्बन्धित















इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया