बजाजकाे इलेक्ट्रिक स्कुटर चेतक सार्वजनिक, मूल्य कति पर्छ ?

काठमाडाैं । बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ‘चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो ।
यो स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । निर्देशक गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौं, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो ।’
चेतक ३५०१ मोडल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । यसमा विभिन्न सुरक्षा फिचरहरू रहेका छन् । जसमा मोबाइलबाटै स्कुटर लक वा बन्द गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा लिमिटर सेट गर्न सकिन्छ । यसका साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ ।
चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिएकाे छ । यसमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ ।
कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ ।
यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीकाे दाबी छ ।









आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया