कुलीङ पिरियड : कसको गल्ती कसलाई कारवाही ? दोषी विनाको प्रतिवेदन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाले पारित गरेपछि त्रुटी थाहा भयो । पारितपछि विधेयकको दफा ८२ को उपदफा ४ र ५ बाझिएको पाइयो । यस उपदफामा महिनौ छलफल भए तर यही उपदफाहरु एक आपसमा बाझिन पुगे जसले गर्दा छानविन समिति गठन हुन पुग्यो ।
कांग्रेसका सांसद जीवन परियार संयोजकत्वको सात सदस्यीय छानविन समिति गठन गरी छानविन प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेश भएको छ । यस प्रतिवेदनलाई हेर्दा पनि विधेयक माथि पर्याप्त छलफल हुनुपर्ने, सम्बन्धित व्यक्तिहरुले जिम्मेवारी बहन गर्नुपर्ने, समितिले पारित गर्ने विषयका विरुद्धमा सरकारका निकायले लविङ गर्न नहुने जस्ता महत्वपूर्ण सुझाव दिएको छ । यो प्रतिवेदनले खास कसलाई दोषी किटान गरेको हो भन्ने अस्पष्ट छ । कुल १५ सय ८३ वटा संशोधन राखिएको संघीय निजामती सेवा विधेयक माथिको छलफल पर्याप्त रुपमा हुन सकेको थिए । सबै संशोधनकर्तालाई पनि समितिमा उपस्थित गराइएन ।
दफा १० मा पुगेपछि उपसमिति गठन गरियो । २०८१ माघ १० गतेदेखि फागुन २ गतेसम्म विधेयकको प्रस्तावना र दफा १ देखि दफा १० को उपदफा (१) सम्म दफावार छलफल सकिए पछि समग्र विधेयक माथि छलफल गरी प्रतिवेदन पेस गर्न २०८१ फागुन ९ मा एक महिनाको समय तोकी दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन भएको थियो । समिति सचिव सुरजकुमार दुराले भन्ने गर्दथे समितिलाई निकै हतारमा विधेयक पारित गर्नुपर्ने दवाव आइरहेको छ । विधेयकलाई तीव्र गतीमा समितिले पारित पनि ग¥यो । समितिले विधेयकका प्रत्येक दफाहरु एक दफा अर्को दफासँग कसरी मिलेका छन् वा वाझिएका छन् त्यसबारे गम्भीर छलफल गरेको देखिएन ।
विधेयक समितिबाट पारित हुनेबेलामा दुई विषय मुख्य विवादित बने । त्यसमा कुलीङ अफ पिरियड (विश्राम अवधि ) र अवकासको उमेर हद रहेका थिए । ती विषयमा केही दिन छलफल भयो । कर्मचारीको उमेर अवकास तीन चरणमा हुने र ६० बर्षसम्म गर्न सहमति भयो । तर, कुलीङ पिरियडको विषय दुई बर्ष राख्ने विषय एक महिनापछि समितिले पारित ग¥यो । यसमा कर्मचारी अवकास भएको मात्र उल्लेख थियो तर पछि राजिनामा वा अवकास भन्ने कुरा थप गरियो । त्यसपछि समितिले विधेयक पारित गरेको थियो । यता सरकारले ९० दिनभित्र विधेयक पारित गर्ने नीति ल्याउने बताउँदै थियो । विधेयकका चरणलाई समयमा नबाँधेमा ठिक समयमा विधेयक अगाडि बढ्न नसक्ने गृहमन्त्री लेखकले नै राज्य व्यवस्था समितिमा बताएका थिए ।
गत सालको कात्तिक ३० गते राज्य व्यवस्था समितिमा उपस्थित गृहमन्त्री लेखकले भनेका थिए , विधेयक दर्ता भएपछि यति दिनभित्रै अनुमति माग्नुपर्ने, यति दिनभित्र सैद्धान्तिक छलफल हुनुपर्ने, यति दिन भित्र समितिमा पठाइसक्नुपर्ने र यति दिनभित्र समितिबाट प्रतिवेदन साथ संसदमा आइसक्नुपर्ने भनेर समय तोक्नुपर्ने बताए । ‘यदि तत्तत् दिनमा विधेयक आएन भने मूल रूपमै विधेयक अगाडि बढ्ने व्यवस्था गरौँ । यसका लागि संविधान संशोधन गर्नु परेन । प्रतिनिधिसभा नियमावली संशोधन गरिदिए पुग्छ ।’ उनको भनाइ थियो ९० दिन भन्दा बढी विधेयकलाई संसदमा अल्झाउन हुँदैन । तर, संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको सम्बन्धमा छानबिन गर्न गठन भएको समितिले देखाएका समस्याहरूलाई ध्यान दिँदा पर्याप्त छलफल पनि हुन नसकेको देखिन्छ ।
जसले गर्दा संघीय निजामती सेवा विधेयकको दफा ८२ (४) र ८२(५) मा कानुनी तादात्म्य मिलाउने गरी दफावार छलफल नगरिँदा त्रुटि हुन पुग्यो । अर्को तर्फ, समितिले परिमार्जन सहित सर्वसम्मत पारित गरे पनि समितिका सदस्यहरूले अन्तिममा हेर्ने र छलफल गर्ने काम नभएको देखिन्छ । अर्कोतर्फ मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको कारणले पनि त्रुटि हुन गएको देखिन्छ । अर्को तर्फ विधेयक मस्यौदा जिम्मेवारी भएको समिति, समिति सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र त्यस कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादात्म्य नमिलेको देखिन्छ ।
समितिको भूमिका समेत त्रुटि हुन गएको देखिएकोमा प्रतिवेदन हस्ताक्षरकर्ता समिति सभापति रामहरि खतिवडाले समिति समक्ष सोधपुछ गर्दा परिमार्जन सहित भएका कुराहरूको लेख्ने जिम्मा र त्यसको प्रभाव एउटा दफा थपेपछि त्यसको कुन दफामा असर गर्छ भन्ने सम्बन्धमा कानुन र सम्बन्धित मन्त्रालयले समेत हेर्नुपर्ने र कुलीङ पिरियडको विषयमा त्रुटि नै भएको बताएका थिए ।
















Ramechhap bus accident: 10 dead identified
निर्वाचन घोषणा पत्रका लागि एमालेले थाल्यो सुझाव संकलन
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
कतारी लगानी आकर्षणका विषयमा राष्ट्र बैंकका गभर्नरसँग छलफल
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया