बिहीबार, मंसिर ११, २०८२

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, ३५ नयाँ गाडी सार्वजनिक

मेरोन्यूज २०८२ साउन २१ गते १६:४०

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधवारदेखि सुरु भएकाे छ ।

नाइमाले पहिलो पटक आयोजना गरेको प्रदर्शनीको अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन्। बुधवार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन्।

एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक भएका छन्। यहाँ विद्युतीय र इन्धनबाट चल्ने साथै हाइब्रिड सवारीसाधन प्रदर्शनीमा राखिएको छ।

प्रतिक्रिया