गाजामा सहायता बोकेको ट्रक भोकमरीले ग्रस्त रहेका नागरिक माथि पल्टिँदा २० जनाको मृत्यु

मध्य गाजा पट्टीमा सहायता खोज्नेहरूको भिडमा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बुधबार जनाएको छ । मङलबार मध्यरातमा सहायता बोकेको ट्रक सयौँ नागरिक सहायताको प्रतीक्षामा रहेका नागरिक माथि पल्टिँदा बीस जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएको गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
इजरायलले पहिले बम प्रहार गरेको असुरक्षित सडकमा ट्रक चलाइरहेको कारण नुसिरात शरणार्थी शिविर नजिकै ट्रक दुर्घटना भएको बासले बताएका छन् । हमासले इजरायललाई ट्रक चालकहरूलाई सहायता वितरण केन्द्रहरूमा पुग्न खतरनाक मार्गहरू प्रयोग गर्न बाध्य पारी ‘जानाजानी भोकमरी र अराजकता सिर्जना गरेको’ आरोप लगाएको छ ।”
इजरायलले आधारभूत आवश्यकताहरूका लागि हप्तौँदेखि पर्खिरहेका भोकमरीले ग्रस्त नागरिकहरू सामु जानमा चालकहरूलाई अवरोध गर्ने गरेको हमासको मिडिया कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
















इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया