लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ नेपालमा सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय मोटर एक्सपो (नाइमा) मा लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘बी१०’ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो गाडी इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा तयार पारिएको छ। नयाँ ‘बी१०’ मा आधुनिक प्रविधिसहित एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम समेत उपलब्ध रहेको छ।
यो गाडीमा स्मार्ट पार्किङ सुविधा सहित कुल १६ वटा फङ्सनहरू छन्। यस्तै, भित्र १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डी-आकारको स्टेयरिङ ह्वील राखिएको छ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यो इलेक्ट्रिक एसयूभीमा १६० किलोवाट क्षमताको रियर माउन्टेड मोटर प्रयोग गरिएको छ। एकपटकको पूर्ण चार्जमा ‘बी१०’ ले करिब ५०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ, जसले लामो दूरीका यात्रामा पनि सहजता प्रदान गर्नेछ।
यो गाडी दुई भेरियन्टमा उपलब्ध रहेको छ। पहिलो भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ भने दोस्रो उच्च संस्करणको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया