उत्तराखण्डमा बाढी आउनुकाे मुख्य कारण विज्ञहरूको यस्ताे भन्छन्

जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तीव्र गतिमा पग्लँदै गएको ‘हिमताल फुट्दा’ भारतको एक हिमाली सहर बगाएको हुन सक्ने विज्ञहरूले बिहीबार बताएका छन् । हिमनदीमा आएको बाढीका कारण भारतको उत्तराखण्ड राज्यको धाराली बजार खण्डहरमा परिणत भएको छ । बजारका स्थानीय तथा धार्मिक पर्यटनका क्रममा त्यहाँ पुगेका व्यक्तिहरूको ठूलो समूह बेपत्ता भएको छ ।
भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका भिडियोहरूमा हिलोसहितको पानीको छालले पुरै भवन उखेलेर फ्याँक्दा कैयौँ मानिसलाई बाढीले पुरेको र कैयौँले भागेर ज्यान बचाउन सफल भएको देख्न सकिन्छ । कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ५० जना वेपत्ता छन् ।
सरकारी अधिकारीहरूले विपत्तिको केही समयपछि तीब्र वर्षा (आरिघोप्टे बर्षा) को कारण बाढी आएको बताएका थिए। यद्यपि, क्षतिको आँकलन गर्ने विशेषज्ञहरूले लामो समयसम्मको वर्षाले जमिनलाई पहिले नै भिजेको र खुकुलो बनाइसकेको अवस्थामा ‘हिमताल फुुटुदा’ आएको पानीले नदी वरपरको माटो सोहोरेर ल्याएको र सहरको साघुरो भागमा खोला किनारको बस्तीतर्फ मोडिएको उनीहरूको भनाइ छ ।
नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका हिमालय जोखिमसम्बन्धी विज्ञ पीके जोशीका अनुसार अत्यधिक खडेरीका कारण तापक्रम वृद्धि भई हिमताल पहिले नै आफ्नो स्थानबाट सरेको र पछि हिमनदीबाट पग्लेको पानीको ताल जम्मा भएको ‘मोरेन’ भनिने भग्नावशेष ढलेका कारण बाढी आएको देखिन्छ ।
जोशीले एएफपीसँग भने, “अघिल्ला दिनहरूमा लगातारको वर्षा र अचानक पानी बग्ने क्रममा हिमताल फुटेको बाढी पुनः जम्मा भएको वा मलवेले रोकेको ताल भत्किनु बाढीको मुख्य कारण भएको आशङ्का गरिएको छ।” “यसले ‘अचानक उच्चस्थान (हिमाली क्षेत्रमा) आएको बाढी ल्याउन भूमिका खेलेको हुनसक्छ”,उनले भने, “शहरको माथिल्लो भागमा हिमताल इलाकामा ‘अस्थिर तलछट क्षेत्रहरू’ रहेका छन्।” उक्त क्षेत्रमा बादलले छोपिएका कारण भग्नावशेषको सही स्रोत पत्ता लगाउन स्याटेलाइट इमेजरीमा बाधा पुर्याएको भन्दै जोशीले ‘आफ्नो भनाइको स्पष्ट पुष्टि’ का लागि पर्याप्त भू–उपग्रह तथ्याङ्क नभएको बताए।
– गम्भीर प्राकृतिक विपत् –
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका सल्लाहकार सफी अहसान रिजवीले पनि भग्नावशेष पहिरो (ग्लेसियो–फ्लुभियल)का कारण दुर्घटना भएको हुनसक्ने बताउनुभएको छ । नयाँ दिल्लीको मोबियस फाउन्डेसनका हिमनदीविद् सन्दीप तनु मण्डलले पनि ‘हिउ पग्लने र वर्षा बढेका कारण तालमा ठूलो मात्रामा पानी जमेकाले पनि हिम ताल पुटेको सम्भावना औँल्याउनुभयो । मण्डलका अनुसार बर्षाभारी भएपनि बाढी आउनुभन्दा केही समयअघि नै उपत्यकामा ठूलो मात्रामा परेको बर्षा विपत्का लागि ‘खासै उल्लेखनीय सम्भावना’ नहुनसक्छ । यसले बाढीको स्रोत सम्भवतः ‘भत्किएको ताल’ भएको सङ्केत गर्छ।
विश्वमा जलवायु परिवर्तनका कारण झण्डै दुई अर्ब मानिसलाई महत्वपूर्ण पानी उपलब्ध गराउने हिमनदीहरू पहिलेभन्दा छिटो पग्लिरहेका छन्, जसले गर्दा समुदायहरू अप्रत्याशित र महँगा विपत्तिहरूको चपेटामा पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। तलछट (पर्माफ्रस्ट) को नरमपनले पहिरोको सम्भावना बढाउँछ। जोशीका अनुसार पछिल्लो विपत्तिले हिमालयका जोखिमको जटिल र अन्तरसम्बन्धित प्रकृतिलाई उजागर गरेको छ । जोशीले भने, “बाढीको क्षेत्रमा भू–उपयोगको शैली’ले विपत्तिको गम्भीरतालाई झनै बढाएको छ ।
















5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया