भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री
मेरोन्यूज
२०८२ साउन २३ गते ७:२३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् ।
हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि जनाएका छन् ।
‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ, उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो।’
उनी अगाडी लेख्छन्, ‘बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’
सम्बन्धित















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया