ट्रम्पको धम्कीबिच मोदी र पुटिनबिच टेलिफोन वार्ता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–रुस ऊर्जा कारोबारमा टिप्पणी गर्दै भारतमाथि भन्सार शुल्क बढाएको विवादको बिचमा भएको यो संवादलाई निकै महत्त्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो। युक्रेनको अवस्थाबारे जानकारी साझा गरिदिनुभएकोमा उहाँलाई धन्यवाद दिएँ । हामीले आपसी सहयोग बढाउने र भारत–रुस रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्यायौँ। म यस वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमणको अपेक्षा गरिरहेको छु।’
मोदी–पुटिन संवाद हुनु एक दिनअघि मात्र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मस्कोस्थित क्रेमलिनमा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए। सो अवसरमा दुवै देशबिच सुरक्षा, ऊर्जा तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।
रुसी सरकारी सञ्चारमाध्यम स्पुतनिक द्वारा सार्वजनिक गरिएको भिडियोमा डोभालले भारत–रुस सम्बन्धलाई ‘धेरै विशेष’ भन्दै दुई देशबिचको लामो समयदेखि चलिरहेको रणनीतिक साझेदारीप्रति जोड दिएका छन् ।
उनले भनेका छन्, “हाम्रो सम्बन्ध धेरै पुरानो र गहिरो छ। हामी यसलाई अत्यन्तै महत्वका साथ हेर्छौँ। राष्ट्रपति पुटिनको भारत भ्रमणको तयारीले हामीलाई हर्षित बनाएको छ। मितिहरू लगभग तय भइसकेका छन् ।”
डोभालले रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगको भेटमा पनि दुई देशबिचको ‘विशेष र उच्चस्तरीय संवाद र बलियो साझेदारी’ को चर्चा गरेका थिए ।
यसैबिच, रुसी समाचार एजेन्सी तासले एनएसए डोभाललाई उद्धृत गर्दै राष्ट्रपति पुटिन यस वर्षको अन्तिम हप्तामा भारत भ्रमणमा आउने निश्चित भएको पुष्टि गरेको छ । प्रधानमन्त्री मोदीसँगको टेलिफोन संवादपछि उक्त भ्रमण सुनिश्चित भएको हो ।
अमेरिकी ट्रम्पले भारतले रुसबाट तेल किनेको भन्दै भारतमाथि भन्सार शुल्क पहिले २५% र पछिल्लो पटक ५०% पुर्याएको सन्दर्भले यो भ्रमणलाई कूटनीतिक हिसाबले अझ चासोको विषय बनाएको छ ।
प्रधानमन्त्री मोदीले सन् २०२४ मा दुई पटक रुसको भ्रमण गरेका थिए– पहिलो पटक जुलाईमा दुई दिने भ्रमण र दोस्रो पटक अक्टोबर २२ मा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन् । यी भ्रमणहरूकै क्रममा उनले पुटिनलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
















Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया