नेपाल लाइफको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम आयोजना गरेको छ।
द सोल्टी काठमाडौँमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष ः लिड, रोअर, रिपिट’ नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आ.व २०८१/८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद दिए।
कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले गत आ.व.मा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद दिएका थिए। आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ.व.को कार्यसम्पादनको लागि धन्यवाद र चालू आवको व्यापार लक्ष्य पुरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेका थिए। गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८२/८३ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८१/८२ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद दिएका थिए।
कम्पनीले गत वर्ष आफुलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेकोले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको उनको भनाइ थियो।
उक्त विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई अन्तर मनदेखि धन्यवाद दिए। आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद दिए। नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सीप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको बताए।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमश नेपाल प्रथम, द्वितीय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।
३ दिनसम्म चलेको कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया