प्रधानमन्त्री ओलीद्वारा जनै पूर्णिमा, ऋषि तर्पणी एवम् रक्षाबन्धनको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गर्नुभएको हो ।
“आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
प्रधानमन्त्री ओलीले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षाबन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने गरेको उल्लेख गर्नुभएको छ । “प्राचीन विद्वान्हरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मानस्वरुप ऋषि तर्पणी मनाइन्छ”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदै छ ।















इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया