कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन

काठमाडौँ । कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन् ।
त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।
‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ समितिलाई निर्देशन दिइएको छ ।
हिजो राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । एक जनाको आइसियुमा उपचार भइरहेको छ ।
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया