दिल्लीमा गरिएको सीमा रेखांकनको निर्णयले नेपालमा ल्याएको तरंग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चर्चा चलिरहेको बेला नेपाल–भारत सीमा क्षेत्रमा सीमा स्तम्भ पीलर गाडने विषयले नेपालमा तरंग उत्पन्न भएको छ । नेपाल–भारत सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) को सातौं बैठकले कोसी, मेची, कर्णाली, राप्ती, महाकाली जस्ता ठुला नदीमा पनि सीमास्तम्भ (पिलर) गाड्ने निर्णय गरेसँगै यसमा विवाद र बहस शुरु मात्र भएको छैन तरंग उत्पन्न भएको हो ।
भारतीय पक्षले नदी आधा–आधा भन्दै नदीकोबीचमा सीमा स्तम्भ गाड्ने जुन प्रस्ताव ल्यायो त्यो अत्यन्त अव्यहारिक भएको भन्दै यसको विरोध भएको हो । जलसरोकार पक्षले मुहान जहाँबाट आयो, मुहान जसको छ उसैको हुनुपर्नेमा नदीको बीच भागमा सीमा स्तम्ध गाँडने भनेर भारतीय पक्षले किचलो गरेपछि नेपालीका लागि टाउको दुखाई बनेको थियो । सीमा क्षेत्रमा अहिलेसम्म नदीमा पिलर गाडिएका छैनन्, जमिनमा मात्र गाडिएका छन्।
सीमा कार्यदलको बैठक यही साउन १२, १३ र १४ गते भारतमा सम्पन्न भएको थियो । सो बैठकमा भारतीय पक्षले यस्तो प्रस्ताव ल्याएको थियो । बैठकमा नेपालतर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशी र भारततर्फबाट विज्ञान तथा प्रविधि मन्त्रालयका सर्भेयर जनरल हितेशकुमार मकवानाले नेतृत्व गरेका थिए । नेपाली टोलीमा परराष्ट्र, गृह, भूमि व्यवस्था, नापी विभाग तथा सशस्त्र प्रहरीका प्रतिनिधि थिए ।
नेपालका तर्फबाट बैठकमा नेतृत्व गरेका जोशीले सीमा कार्यदलको बैठक अत्यन्त उपलब्धिमूलक भएको बताउदै बैठकले अब नेपाल–भारत सीमा क्षेत्रमा नक्सामा कायम भएको जमिन र नदी दुवै ठाउँ (बिन्दु) मा पिलर राख्ने निर्णय गरेको जनाएपछि नेपाल सीमा विदहरुले यसलाई सकारात्मक मान्न नसकिने तहमा पुगेका छन् । नेपाल–भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमारेखा छ । तीमध्ये नेपालको २७ जिल्ला भारतसँग सीमा गाँसिएका छन् ।
तीमध्ये २४ जिल्लामा तेरो–मेरो, अतिक्रमण, वादविवाद, लेनदेन इत्यादि देखिन्छ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर भन्दा बढी क्षेत्रफलमध्ये ६०६ वर्गकिलोमिटर क्षेत्रफलमा भारतले अतिक्रमण गरेको छ । ७१ ठाउँमा रहेका सीमा विवादमध्ये सबैभन्दा ठूलो पश्चिम दार्चुलाको व्याँस गाउँपालिका वडा नं. १ को लिपुलेक, लिम्पियाधुरा, बीचको कालापानी, नाभिडाङ, गुञ्जी, कुटी, नाभी इत्यादिको ३७२ वर्गकिलोमिटर भूभाग भारतले ओगटेको छ ।
त्यस्तै नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा १४५ वर्गकिलोमिटर भूभाग भारतले ओगटेर बसेको छ । बाँकी रहेको ६९ ठाउँमा ८९ वर्गकिलोमिटर भूभाग भारतले अतिक्रमण गरिरहेको छ । सबैभन्दा सानो क्षेत्र इलामको पशुपतिनगरको फाटकमा आधा रोपनी जग्गा भारतले ओगटेर बसेको छ । यसर्थ अहिले सबै विषयलाई टुग्याउने गरी गरिएको प्रस्ताव र निर्णय कार्यान्वयन गर्ने विषय गम्भीर रहेको सीमाविदहरुको दावी छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया