भूमध्य सागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे

रोम । भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।
लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्य सागरको फाइदा उठाउँदै ठूलो संख्यामा आप्रवासी इटाली पठाएको बताएका छन् । लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिए ।
यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यतिठूलो संख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो । मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपिल गरेका छन् ।
अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा नौ वटा डुङ्गा लाम्पेडुसामा आइपुगेका थिए । यहाँ आप्रवासीको दर्ता र शरणका लागि अनुरोध गर्ने व्यवस्था छ । इटालीका संचार माध्यमहरुले भूमध्य सागरमा केही माइलभित्र देखा परेका यी डुङ्गालाई इटालीका तट रक्षकहरुले लाम्पेडुसा द्वीपतर्फ ल्याएका थिए ।
लाम्पेडुसा खासगरी पर्यटन र माछा मार्न प्रख्यात टापु हो । यो ठाउँ इटालीको मुख्य भूभाग भन्दा निकै टाढा, तर उत्तरी अफ्रिकासँग बढी नजिक छ । सिसिलीस्थित एक अखबार इल जियोरनाल डी सिसिलियाले आप्रवासीहरु काठ वा धातुले बनेको डुङ्गामा चढेर आएको लेखेको छ ।
यीमध्ये अधिकांश आप्रवासीहरु बंगलादेश र ट्युनिसियाबाट आएको बताइएको छ । अधिकांश आप्रवासी पुरुषहरु रहे पनि केही महिला र बालबालिका पनि छन् । शरणार्थीहरुले इटाली हुँदै युरोपका अन्य देशमा शरण लिने गरेका छन् ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया