जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता

काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ ।
बिहीबार काठमाडौंमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन् ।
जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरे ।
यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।
कार्यगत एकता भएपछि पनि अन्य कुनै दलसँग छुट्टै सहकार्य, कार्यगत एकता, मोर्चा निर्माण वा दल एकता गर्नलाई यो कार्यगत एकता वाधक नहुने बताइएको छ । त्यस्तो अवस्थामा पनि यो कार्यगत एकता कायमै रहने र आचारसंहिता दुई दलबीचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुवै दलले पालना गर्नुपर्नेछ ।
जुन दलले बैठकको अध्यक्षता गरेको हुन्छ सोही दलले पत्रपत्रिका, टेलिभिजन, एफएम लगायतका सञ्चार माध्यमहरूको समन्वय र बैठकका निर्णयहरूको ब्रिफिङ गर्ने बताइएको छ।
संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबीचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने सहमति भएको छ।
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया