कविता
आमालाई सम्झिँदा…

पुजनीय आमा !
दण्डवत ढोग छ
आराम छु, आराम चाहान्छु
तिमी पनि आरामै छौँ भन्ने आशा गरेको छु
आमा मुटुभरिको माया छ
आमा मनभरिका सम्झना छ
आमा !
आज मातातीर्थ औंसी
आमाको मुख हेर्ने दिन
नजिक नभए पनि
टाढाबाटै मिठो सम्झिरहेको छु
टाढा हुनु मेरो रहर होइन
बाध्यता हो
के गरुम आमा
नियती नै यस्तै छ
टाढा हुनुपर्ने
यो चाहाना होइन, बाध्यता हो
परिस्थितिले टाढा बनायो
आमा !
तिम्रो याद आउछ
तिम्रो यादमा मन भावुक हुन्छ
सम्झनाले मन उम्लिरहन्छ
मनलाई थाम्न खोज्छु
तर, थाम्न सक्दिनँ
आमा !
तिम्रो कोख कति ठूलो छ
कति विशाल छ
कति स्वच्छ छ
कति सुन्दर छ
अनि कति प्रिय छ
आमा !
तिम्रो आशीर्वाद महान छ
तिम्रो बोलीमा आशीर्वाद
तिम्रो गालीमा आशीर्वाद
तिम्रो को पिटाईमा आशीर्वाद हुन्छ
र, सन्तानलाई उचाइँमा पुर्याउँछ
आमा !
सक्दिन तिम्रो मातृत्व शक्ति बिर्सिन
कहिलै बिर्सिने पनि छैन
तिमीलाई कसरी बिर्सिन सक्छु
आफ्नो भागको रोटी मलाई दिएको
लुकाएर राखेको पैसा मलाई दिएको
आमा !
तिम्रो उध्रेको चोली सिलाउनु छ
बाको पीडामा मलम लगाउनु छ
चुइने झोपडीको छाँनो टाँल्नु छ
समयसँगै अगाडि बढ्नु छ
आफ्नै पैदलमा हिड्न सक्नु छ
आफ्नो जिम्मेवारी आफैँ उठाउनु छ ।।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया